newskoseli.Com

न्यायाधीश ढकालविरुद्ध सर्वोच्चमा रिट

सेवाग्राहीबाट घुस लिएको आरोप लागेका उच्च अदालत राजविराजका न्यायाधीश लेखनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट दिवेदन दर्ता गर्न आदेश दिएपछि बुधबार सो निवेदन दर्ता भएको हो । सेवाग्राहीबाट१८ लाख रुपैयाँ घुस लिएको अभियोगमा सार्वजनिक सरोकारको विषयअन्तगर्तत काभ्रेपलाञ्चोकका उमेश बानियाँले न्यायाधीश ढकालविरुद्ध जेठ ६ मा सर्वोच्च अदालतमा यही पेस गरेको रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो ।

सो दरपीठविरुद्ध बानियाँले इजलासमा दर्ता गर्न निवेदन दिएपछि न्यायाधीश मल्लको इजलासले ठरपीठको आदेश बदर गरी निवेदन दर्ता गर्न आदेश दिएको हो । आदेशलगत्तै रिट निवेदन दर्ता भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर