newskoseli.Com

‘प्रभावकारी काम गर्नोस्’ : रेडक्रस पदाधिकारीलाई गृहमन्त्रीको आग्रह

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेपाल रेडक्रस सोसाइटीलाई थप प्रभावकारी रुपमा काम गर्न आग्रह गरेका छन् । रेडक्रसको नयाँ केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुसँग शुक्रबार गृह मन्त्रालयमा भएको छलफलका क्रममा कार्यसमितिमा अनुभवी टिम आएको भन्दै संस्थाले थप सक्रिय भएर काम गर्ने विश्वास गृहमन्त्री थापाले व्यक्त गरे ।

रेडक्रसले स्वास्थ्य, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा खेल्दै आएको भूमिकाको चर्चा गर्दै मानवीय सेवामा रेडक्रसको भूमिका सराहनीय रहेको थापाले बताए । गृह मन्त्रालय र रेडक्रसबीच विगतदेखि नै सहकार्य रहेको टिप्पणी गर्दै नयाँ कार्यसमतिलाई समेत गृह मन्त्रालयबाट पूर्ण सहयोग रहने प्रतिवद्धता उनले व्यक्त गरे ।

सोसाइटीका अध्यक्ष डा. विश्वकेशर मास्केले रेडक्रसको नयाँ कार्यसमिति गठन गर्न गृह मन्त्रालयले खेलेको भूमिकाका लागि गृहमन्त्रीलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नेपालको रेडक्रसलाई दक्षिण एसियाकै उत्कष्ट बनाउने गरी आफुहरुले काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

शिक्षा, स्वास्थ्य, खानेपानी, विपद् व्यवस्थापनलगायतका क्षेत्रमा रेडक्रसले काम गर्दै आएको बताउँदै एक वर्षको वार्षिक कार्यतालिका बनाएर आफूहरुले काम सुरु गरिसकेको जानकारी उनले दिए । डा. मास्केको अध्यक्ष्यतामा जेठ ६ मा नेपाल रेडक्रस सोसाइटीको १७ सदस्यीय तदर्थ समिति गठन गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर