newskoseli.Com

बीमा ठग्न र बैंकको भाखा सार्न आफैंले सामान लुकाएर चोरीको नाटक गर्ने घिमिरे पक्राउ

बैंकको ऋण तिर्ने भाका सार्ने र पसलको बीमा दाबी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा– ४, पारिजातपथमा रहेको घिमिरे इलेक्ट्रिक एन्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करिव ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुर गर्ने उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । जेठ ८ गते राति पसल चोरी भएको उनले बताएका थिए ।

हेटौंडाको व्यस्त बजार क्षेत्रमा रहेको पसल चोरी भएको उजुरीपछि जिल्ला प्रहरी मकवानपुरले सूक्ष्म अनुसन्धान गरेको थियो । घिमिरे आफैंले सामान लुकाएर चोरी भएको गलत रिपोर्ट गरेको अनुसन्धानबाट पत्ता लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काउन्टरमा रहेको नगद ३ लाख र पसल तथा गोदाममा राखिएका करिव ३० लाखभन्दा बढीकोे सामान चोरी भएको जानकारी अनुसन्धानमा सहभागी प्रहरीलाई घिमिरेले दिएका दिएका थिए ।

सनराइज बैंकमा रहेको ५० लाख ऋण चाँडो तिर्न दबाब आएकाले त्यसको भाका सार्न तथा बीमा दावी गरी रकम लिन आफूले फर्जी चोरीको योजना बनाएको घिमिरेले स्वीकार गरेको जानकारी जिल्ला प्रहरी कार्यायका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर