newskoseli.Com

मोदीले लिए दोस्रो कार्यकालको सपथ : को–को छन् भारतीय नयाँ मन्त्रीमण्डलमा ? (सूचीसहित)

दोस्रो कार्यकालका लागि नवनियुक्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ भारतको १५औं प्रधानमन्त्रीका रूपमा सपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री मोदीले शुक्रबार झन्डै २ दर्जन मन्त्री र केही राज्यमन्त्रीहरु नियुक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीको दोस्रो प्रधानमन्त्रीय कार्यकालमा भाजपा नेता एवम् सांसद राजनाथसिंह रक्षामन्त्री बनेका छन् भने भाजपा अध्यक्ष अमित शाह गृहमन्त्री भएका छन् । कांग्रेस आईका अध्यक्ष राहुल गान्धीलाई पराजित गर्ने स्मृति इरानी महिला र बालबालिका विकासमन्त्री बनेकी छन् ।

आणविक ऊर्जा, अन्तरिक्षलगायतका महत्त्वपूर्ण विभाग हेर्ने मन्त्रालयहरु चाहिँ प्रधानमन्त्री मोदी आफैंले नै राखेका छन् । मोदी मन्त्रीमण्डलमा निर्मला सितारामण वित्तमन्त्री बनेकी छन् भने पूर्वविदेश सचिव तथा नेपाल मामलाका जानकार ठानिने एस जयशंकर विदेशमन्त्री बनेका छन् ।

तालिकामा हेर्नोस् भारतीय मन्त्री–राज्यमन्त्रीहरुको सूची–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर