newskoseli.Com

‘सभामुख महोदय, ज्यान जोगाइपाऊँ’ : सत्ताधारी सांसदको सदनमा आह्वान !

सङ्घीय ससंदको आइतबारको बैठकमा सत्ताधारी पार्टीका एक सांसदले भाँचिएको कुर्सी उचाल्दै अनौठो माग गरे– ‘सम्माननीय सभामुख महोदय ! ज्यान जोगाइपाऊँ ।’

बैठक कक्षमा सांसदको आसनका लागि राखिएको कुर्सीको समयमा मर्मत नुहँदा सांसदहरुले दुःख पाएको गुनासो उनले गरे । आइतबारको बैठकमा सत्तारुढ दलका सांसद खगराज अधिकारीले बिग्रिएको कुर्सीको भाग उचालेर सभामुखलाई देखाउँदै भने– ‘कुर्सी मर्मत गर्नुपर्‍यो भनेर कति दिन भन्ने ? सभामुख महोदय, ज्यान जोगाइपाऊँ ।’

त्यसपछि सभामुख कृष्णबहादुर महराले त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर