newskoseli.Com

अत्याधिक गर्मी  : एक हप्ताका लागि विद्यालय बन्द

अत्याधिक गर्मी बढेपछि धनगढी उप–महानगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् । दिन प्रतिदिन बढ्दै गएको गर्मीले विद्यार्थीको पठनपाठन र आवतजावतमा समस्या भएको भन्दै धनगढी उपमहानगरपालिकाले आइतबारबाट एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

जेठ २० देखि २६ गतेसम्मका लागि सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरेको सो कार्यालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

धनगढी उपमहानगरपालिका शिक्षा शाखाप्रमुख विष्णुप्रसाद कोइरालाले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम ८५ (३) बमोजिम हिउँदे वा बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिन पाउने व्यवस्था रहेको बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर