
मुस्लिम धर्मावलम्बीहरुको महत्त्वपूर्ण पर्व इद उल फितरको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको पछिल्लो बैठकले मुस्लिम आयोगको सिफारिसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस वर्ष इद उल फितर जेठ २२ मा परेको छ ।
इदको मिति भने मुस्लिम आयोगको सिफारिसमा निर्धारण हुने गर्छ । चन्द्रमा देखिने स्थितिका आधारमा बिदा दिने प्रचलन रहँदै आएको छ ।