
रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन आइतबार (२६ जेठमा) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ ।
गृह मन्त्रालयद्वारा शुक्रबार जारी सूचना अनुसार उक्त दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।