newskoseli.Com

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

केही दिनदेखि प्रहरीको नियन्त्रणमा रहेका ज्ञानेन्द्रबहादुर शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । ‘भ्रष्टाचारविरुद्धका अभियन्ता’ भनेर चर्चित शाहीलाई रिहा गर्न न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले शुक्रबार आदेश दिएको हो ।

अधिवक्ता महेश डंगोलले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले शाहीलाई रिहा गर्न आदेश दिएको हो । शाहीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले १५ जेठमा पक्राउ गरेर काठमाडौं पठाएको थियो । साइबर अपराध मुद्दामा पक्राउ परेको भनिएका उनलाई सुर्खेत प्रहरीले हिरासतमा चर्को यातना दिएको व्यापक चर्चा चलेको थियो ।

तर, शाहीलाई सुर्खेतको हिरासतमै नराखिएको दावी कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहले गरेका छन् । शाहीलाई पक्राउ गर्ने क्रममा उनका समर्थकहरुको प्रतिरोधमा परेर केही प्रहरी समेत घाइते भएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर