newskoseli.Com

राजीनामा दिँदै मुख्य न्यायाधिवक्ताले भने– ‘स्वतन्त्र काम गर्न पाइएन, बाँधिनुपर्‍यो’

प्रदेश– ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् ।

आफूले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको न्यौपानेले बताए । पदमा रहँदा स्वतन्त्रतापूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यता भएका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानुनी व्यवस्था छ । मुख्य न्यायाधिवक्ताको जिम्मेवारी र भूमिका राजनीतिक नियुक्ति र मर्यादाजस्तो नभई एउटा सामान्य कर्मचारीजस्तो भएकै कारण आफूले राजीनामा दिएको वरिष्ठ अधिवक्ता समेत रहेका न्यौपानेले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर