सिङ्गापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले एक जनालाई पक्राउ गरेको छ ।
आकर्षक तलब हुन्छ भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा महाशाखाको टोलीले नुवाकोटको गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई मङ्गलबार मकवानपुरबाट पक्राउ गरी बुधबार काठमाडौं ल्याई सार्वजनिक गरेको हो ।
काठमाडौंको विशालनगरमा ‘द एपेरिङ्क फर्म प्रालि’ नामक ट्रेनिङ सेन्टर खोलेर पौडेलले विभिन्न व्यक्तिलाई ठगी गरेको जानकारी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले दिए । ‘पौडेलले सिङ्गारपुरको सोलास कम्पनीको पानीजहाजमा काम लगाइदिन्छु भन्दै विभिन्न व्यक्तिलाई भारतको लखनउमा पठाएर तालिम समेत दिने गरेको अनुसन्धानमा खुलेको छ’– उनले भने ।
काम गर्न जान ५ लाख रूपैयाँ लागत लाग्ने र तलब अमेरिकन डलर ६ सय ५० हुने प्रलोभन देखाएर ३ सय जनाभन्दा बढीको ६ करोड रूपैयाँ पक्राउ परेका पौडेलले ठगी गरेको महाशाखाको दाबी रहेको खबर राससले प्रेषित गरेको छ ।