newskoseli.Com

नेकपाको सचिवालय बैठक बस्दै, कार्यविभाजन टुंग्याइने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे छलफल हुने जानकारी नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले गराएका छन् ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमणबाट फर्किएपछि पहिलो पटक सचिवालयको बैठक बस्न लागेको हो । यसअघि जेठ २३ मा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्यको कार्यविभाजनका विषयमा छलफल भए पनि प्रधानमन्त्री एवं अध्यक्ष ओली युरोप भ्रमणमा जानुपर्ने र कार्यविभाजनबारे तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजनबारे पटक–पटक बैठक बसे पनि टुंग्याउन सकेको थिएन । नेकपाले जिल्ला इन्चार्ज र सहइन्चार्जको टुङ्गो लगाएपछि साङ्गठनिक एकीकरणका अन्य काम टुङग्याउने तयारी गरेको छ । यसअघि जेठ २१, २२ र २३ मा सचिवालय बैठक बसेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर