newskoseli.Com

विप्लवको बन्द : देशैभरि बमैबम– कतै डिस्पोज, कतै विस्फोट

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृतवको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई प्रहरीले गिरफ्तार गरी कुटपिट गरेर हातखुट्टा भाँचिसकेपछि व्यापक गोली प्रहार गरेर हत्या गरेको विरोधमा सो पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका क्रममा देशका विभिन्न ठाउँमा थरीथरीका बम फलेला परे । ती बमहरु कतै विष्फोट भए भने कतै सुरक्षा निकायले डिस्पोज गरेको छ ।

मंगलबार बिहानै ललितपुरको जाउलाखेलस्थित खेलमैदानमा फेला परेको प्रेसर कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको छ ।

त्यसैगरी, वर्दियामा पनि बिहानै दुई वटा प्रेसर कुकर बम फेला परे । सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकीमार्ग अन्तर्गत डिभिजन वन कार्यालयनजिक तथा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कर्तनियाचोकमा प्रेसर कुकर बम भेटिएका हुन् । बम भेटिएका स्थानमा कडा सुरक्षा दिइएको जानकारी जिल्ला प्रहरी कार्यालय वर्दियाका निमित्त प्रमुख डीएसपी मदनजित महराले बताए । नेपाली सेनाको बम डिस्पोजल टोलीले ती बम निस्क्रिय पारेको जानकारी उनले दिएका छन् ।

त्यस्तै अर्घाखाँचीका तीन ठाउँमा बम फेला परे । छत्रदेव गाँउपालिका– ५ को वडा कार्यालय नजिकै, वडा कार्यालय ७ नजिकै र मालारानी– १ को छेडाठाटीसहित छत्रदेव गाउँपालिका– ७ स्थित मडेलचौरमा रहेको लु १ क २२३८ नम्वरको जेसीबीमा बमहरु राखिएको जानकारी प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले दिएका छन् ।

चितवनको राप्ती नगरपालिकास्थित खैरेनीमा पनि शंकास्पद वस्तु फेला परेको छ । त्यसलाई डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोली पुगिसकेको बताइएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न ठाउँमा पनि बम भेटिएका छन् । पनौती र धुलिखेलमा शंकास्पद वस्तु राखिएको भन्दै नेपाली सेनाको टोलीले बिहानै डिस्पोज गरेको छ । धुलिखेल नगरपालिकास्थित हस्पिटल चोकमा, पनौती नगरपालिकाको खोपासी जाने पोल र पनौती बसपार्क चोकमा प्रेसर कुकर बम र बोतल बम फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

धुलिखेलमा बिहान ३ बजे, पनौती बसपार्कमा पौने ५ बजे र खोपासी जाने पुलमा ४ः५१ बजे नेपाली सेनाले बम डिस्पोज गरेको डीएसपी दिपक गिरीले जानकारी दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर