newskoseli.Com

विप्लव नेकपाका १० नेता गिरफ्तार : को–को, कहाँबाट समातिए ?

आफ्ना नेताको हत्याका विरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका सो पार्टीका नौ जना नेता–कार्यकर्ता गिरफ्तारीमा परेको उक्त पार्टीले जनाएको छ ।

बन्दकै क्रममा रुकुमबाट विप्लव नेकपाका राप्ती ब्युरो सदस्य गम्भीरसहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ । नेता गम्भीर, रुकुम जिल्ला सदस्य तथा आठबिसकोट नगरपालिका सेक्रेटरी छवि घर्ती, युवा संगठन रुकुम पश्चिमका उपाध्यक्ष विवेक विक र दीर्घ गहतराजलाई गिरफ्तार गरेको नेकपा रुकुमले जनाएको छ । त्रिवेणी गाउँपालिकास्थित एक घरमा बसिरहेको अवस्थामा मंगलबार बिहान उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

बन्दको पूर्वसन्ध्यामा सोमबार विप्लव नेकपाका नेता तथा सामाजिक अभियन्ता नरबहादुर कार्कीसहित पाँच जनालाई प्रहरीले गिरफ्तार गरेको थियो । कार्कीलाई राजधानीको बालुवाटरबाट र सो पार्टीका मोरङ जिल्ला जनपरिषद् प्रमुख सुन्दर हरैंचा– १२ का अशोक राई, कानेपोखरी– ६ का कंश धिमाल र उर्लाबारी– २, सालबारीका केन्द्रलाल धिमाललाई प्रहरीले मोरङबाट गिरफ्तार गरेको हो ।

सोमबार राति विप्लव नेकपाका लमजुङ जिल्ला सेक्रेटरी विनोद सोनामलाई कास्की पोखरा महानगरपालिका– ४, सिद्धचोकबाट प्रहरीले गिरफ्तार गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर