newskoseli.Com

एसईईको रिजल्ट आयो : हेर्नास् यसरी…

राष्ट्रिय परीक्षा बोर्डले एसईई २०७५ को नतिजा सार्वजनिक गरेको छ । गत वर्षको चैत १० देखि ३० गतेसम्म सञ्चालन भएको एसईईको नतिजा तोकिएको मितिभन्दा एक दिन ढिलो गरी बिहीबार प्रकाशित भएको हो ।

एसईईमा देशभरबाट कूल ४ लाख ५० हजार २ सय ७५ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईईपछि संकेत नम्बर (सिम्बोल नम्बर) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । यस बाहेक १६०० मा कल गरेर पनि एसईईको नतिजा प्राप्त गर्न सकिन्छ ।

नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सीडीएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नम्बर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

नेपाल टेलिकमको वेबसाइट कभभ।लतअ।लभत।लउ मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ । मार्कसिट नै हेर्नका लागि भने सिम्बोल नम्बरका साथसाथै जन्म मिति समेत आवश्यक पर्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर