
अवैध रुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायतका कागजातविना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा– ६, खहरेबाट मंगलबार पक्राउ गरेको हो ।
पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायतका सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई प्रहरीले आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको छ । उनलाई मंगलबारै अध्यागमन विभाग काठमाडौं पठाइएको खबर राससले प्रेषित गरेको छ ।