पूर्वमन्त्री कल्पना धमला र उनका श्रीमान् देवेन्द्र पराजुली, महिला नेतृ मनु हुमागाईंसहितका तत्कालीन नयाँ शक्ति पार्टीका नेताहरु तथा आम नेपाली पार्टीका नीलकण्ठ पौडेललगायत सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
राजधानीको धुम्बाराहीस्थित सत्ताधारी नेकपाको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरुलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फूलमाला लगाएर पार्टी प्रवेश गराएका हुन् । तत्कालीन नयाँ शक्ति पार्टीबाट प्रवेश गरेका तीनै जना नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम नेपाल एकीकरण भएपछि उक्त पार्टीमा आबद्ध भएका थिएनन् ।
पार्टी प्रवेशपछि बोल्दै धमला, पराजुली र पौडेलले अहिले देशको आशा र भरोसाको केन्द्र नेकपा नै भएकाले आफूहरु यही पार्टीमा प्रवेश गरेको बताएको खबर राससले प्रेषित गरेको छ ।