newskoseli.Com

वर्ल्डलिंकले सम्पन्न गर्‍यो ‘अन्तरकलेज मार्केटिङ एक्सिलेन्स प्रतियोगिता’

विगत २३ वर्षदेखि इन्टरनेट सर्भिस प्रोभाइडरको रुपमा स्थापित नेपालकै सबैभन्दा ठूलो इन्टरनेट एवम् नेटवर्क सर्भिस प्रोभाइडर हो वर्ल्डलिंक कम्युनिकेसन्स् लि. । नेपालको प्रमुख आईटी कम्पनीका रुपमा परिचित वर्ल्डलिंकलाई सुरुआती समयदेखि हालसम्मकै अग्रणी आईटी कम्पनीका रुपमा स्थिापित गर्नका लागि सेल्स र मार्केटिङ रणनीतिको महत्त्वपूर्ण भूमिका रहेको छ । यसैलाई मध्यनजर गर्दै कम्पनीले युवा–विद्यार्थीमाझ रहेको सेल्स र मार्केटिङसम्बन्धी ज्ञान, सिप र क्षमतालाई उजागर गर्ने लक्ष्यका साथ मार्केटिङ एक्सिलेन्स प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा उपत्यकाभित्र र बाहिरका गरी २० वटा कलेजका स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले सहभागिता जनाए । सहभागी विद्यार्थीलाई सेल्स र मार्केटिङलगायत विविध क्षेत्रमा ज्ञान, सिप र क्षमता अभिवृद्घिका लागि कम्पनीले मार्गदर्शकको भूमिका निर्वाह गर्‍यो । विद्यार्थीहरुले अन्तक्र्रियात्मक कार्यक्रमको माध्यमबाट व्यवसायको बारेमा सिक्ने र सफलताका कथाहरुमार्फत आफूमा प्रेरणा जागृत गराउने अवसर पाए । विद्यार्थीहरुले विभिन्न विषय र क्षेत्रका विज्ञहरुबाट प्रतियोगिताका प्रत्येक शीर्षकमा सल्लाह र सुझाव हासिल गरे । प्रत्येक टिमलाई प्रतियोगिता अवधिभर गाइड गर्नका लागि गाइड निर्देशकको प्रबन्ध मिलाइएको थियो ।

प्रतियोगीहरुले प्रतियोगिता अवधिभर सेल्स र मार्केटिङ रणनीति निर्माण गर्नका लागि विभिन्न समयमा दूरसञ्चार एवम् आईटी कम्पनीहरुको भ्रमण गरे । उक्त अध्ययन–अनुसन्धानबाट आएको निष्कर्षलाई प्रतियोगीहरुले आफ्नो प्रोजेक्टका रुपमा प्रस्तुत गर्नुपर्ने प्रमुख कार्य रहेको थियो ।

यस प्रतियोगितामार्फत विद्यार्थीहरुले सेल्स र मार्केटिङको क्षेत्रमा केही सिक्ने र सिकेका कुराहरुबाट रणनीतिहरु निर्माण गर्न सक्षम बन्ने अवसर प्राप्त गरे । प्रतियोगिता १ जुन, २०१९ मा सुरु भई ३७ दिनसम्म चलेको थियो । सेमिफाइनल चरणको कार्यक्रम उत्कृष्ट ८ कलेज चयन गरी ४ जुलाईमा सम्पन्न गरिएको थियो भने फाइनल चरणको कार्यक्रम होटल हिमालयनमा आइतबार सम्पन्न गरियो ।

प्रतियोगितामा एस इन्टरनेसनल विजनेस स्कुल विजेता भएको छ । प्रतियोगितामा उल्लेख गरिएका कार्यप्रति पूर्ण समर्पित भई कडा परिश्रमका साथ उत्कृष्ट रणनीतिहरु प्रस्तुत गरेवापत एस इन्टरनेसनल विजनेस स्कुलले प्रथम स्थान हासिल गरेको कम्पनीले जनाएको छ । कलेजले प्रथम पुरस्कारस्वरुप २ लाख ५० हजार नगद प्राप्त गरेको छ ।

त्यस्तै, जेनिथ इन्टरनेसनल कलेज र नेपाल कमर्स क्याम्पसले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः नगद १ लाख र ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरे । दिलिप अग्रवाल, विन्दुनाथ लोहनी र प्रदीपराज पाण्डेले प्रतियोगितामा निर्णायक मण्डलको भूमिकामा रहेर सहभागिता जनाए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर