newskoseli.Com

बाढीपहिरोबाट निधन भएकाका परिवारलाई २–२ लाख राहत

बाढी, पहिरो र डुबानका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश– १ सरकारले राहतस्वरुप दुई–दुई लाख रूपैयाँ उपलब्ध गराउने भएको छ । प्रदेश– १ मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले उक्त निर्णय गरेको हो । घाइतेको सरकारी अस्पतालमा गरिने सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने तथा निजी अस्पतालमा गरिएको उपचारवापत ५० हजार रूपैयाँ दिने निर्णय समेत गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताए ।

बैठकले उद्धार, राहत, पुनर्स्थापना र बेपत्ताको खोजीका निम्ति सबै पक्षसँग अपिल गर्ने समेत निर्णय गरेको छ । प्रदेश सरकारले घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने उनले बताए । बाढी र डुबानका कारण अवरुद्ध सडक खुलाउन तथा प्रभावितको उद्धारका लागि प्रदेश सरकारले तीन वटै सुरक्षा अङ्ग परिचालन गरेको जानकारी पनि उनले दिए ।

बाढीपहिरोबाट १९ जनाको मृत्यु

अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट प्रदेश– १ मा १९ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एवम् वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहालका अनुसार भोजपुरमा ५, ओखलढुङ्गामा ४, खोटाङमा ३, उदयपुर र झापामा २–२ तथा सुनसरी, इलाम र पाँचथरमा १–१ जनाको मृत्यु भएको छ ।

यसैगरी, मोरङ र इलाममा ३–३ तथा झापा र सुनसरीमा १–१ जना बेपत्ता भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर