newskoseli.Com

जापानले दियो ६४ करोड अनुदान : २ सम्झौतापत्रमा हस्ताक्षर

विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयन गर्न जापान सरकारले नेपाल सरकारलाई ६३ करोड ९९ लाख रूपैयाँ अनुदान प्रदान गर्ने भएको छ ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रमममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थसचिव राजन खनालले अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । ती सम्झौता कार्यान्वयन गर्नेसम्बन्धी अर्को सम्झौतापत्रमा पनि जापानी सहयोग नियोग (जाइका) की प्रमुख प्रतिनिधि युमिको आशाकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले सोमबारै हस्ताक्षर गरे ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले दिगो विकासका लक्ष्य हासिल गर्ने तथा ‘समृद्ध नेपाल, खुुशी नेपाली’ परिकल्पना साकार पार्ने वर्तमान सरकारको उद्देश्य हासिलमा सानै भए पनि सहयोग गर्न पाएकामा जापानले गौरव गर्ने बताए । सोही कार्यक्रममा बोल्दै अर्थसचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर