
मोरङको लेटाङ नगरपालिका– ३ स्थित त्रिशूली चोकमा चार्ज गरिरहेको मोबाइल चलाउँदा करेन्ट लागेर एक बालकको बिहीबार मृत्यु भएको छ ।
प्रदेश– १ प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार बिहीबार बिहानीपख ओछ्यानमा चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर पदमबहादुर राईका १५ वर्षीय छोरा सौजन राईको मृत्यु भएको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको खबर राससले प्रेषित गरेको छ ।