newskoseli.Com

विप्लवका केन्द्रीय सदस्यसहित तीन नेता राजधानीबाटै गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच वार्ताको पहल भैरहेको प्रचार चलिरहँदा सो पार्टीका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ परिरहेका छन् ।

सोमबार राजधानीको बत्तीसपुतलीबाट सो पार्टीका केन्द्रीय सदस्य डम्बरबहादुर विश्वकर्मा र वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र अर्की कार्यकर्ता उमा गुरुङ पक्राउ परेका छन् । पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेकामध्ये मकर गुरुङलाई पार्टीले निष्काशन गरेको बताइए तापनि त्यसको पुष्टि भैसकेको छैन । एकीकृत माओवादी पार्टीमा रहँदा तमु मुक्ति मोर्चाकी केन्द्रीय सदस्य रहेकी उमा गुरुङको विप्लव नेकपामा कुन हैसियत हो भन्ने खुलिसकेको छैन । पक्राउ परेका ७१ वर्षीय डम्बरबहादुर विश्वकर्मा र मकर गुरुङलाई विभिन्न रोग लागेको हुँदा साेधपुछपछि रिहा गरिदिने तयारी भइरहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर