newskoseli.Com

बोनम्यारोपीडित आमा रहिनन्, सहृदयी सहपाठीहरुको सहयोग छोरीलाई

गोरखाको वीरिन्चोकस्थित श्री रत्नराज्य उच्च माविबाट २०६८ मा एसएलसी दिएको ब्याचकी पूजा थापा मगर बोनम्यारोको रोगबाट ग्रस्त भएपछि उपचारार्थ उनका सहृदयी सहपाठीहरुले भरमग्दुर प्रयास गरे । काठमाडौंमा नीराजन पोखरेल र शान्ता बस्याल तथा विदेशमा प्रदीप रेग्मी र रमेश बयलकोटीको अगुवाईमा सामाजिक सञ्जाल तथा अन्य माध्यमहरुको प्रयोग गरी २ लाख ३९ हजार ३ सय ९५ रुपैयाँ जम्मा भयो ।

तर, विडम्बना ! पति साजन थापा मगरको भरमग्दुर प्रयासका बाबजुद पूजा थापाको स्वास्थ्य सुध्रन सकेन र अन्ततः उनको दुःखद निधन भयो । आ–आफ्नै अनेकथरी समस्या, दुःख र कष्टका बाबजुद सहपाठीहरुले स्वदेश–विदेशमा संकलन गरेको आर्थिक सहयोग पनि काम लागेन ।

पूजाको निधनसँगै उनकी नाबालक छोरी मातृवात्सल्यबाट वञ्चित हुने नै भइन् । पति साजनसहित थापा परिवार मर्माहत नहुने पनि कुरै भएन । पूजाको स्वास्थ्योपचारका निम्ति आर्थिक संकलन गरेका सहपाठीहरु पनि मर्माहत भए । र, अन्ततः उनीहरुले संकलन गरेको रकम मंगलबार राजधानीस्थित एसबीआई बैंकमा मुद्धति खाता खोलेर उनकी छोरी सजिनाको उच्च शिक्षाका निम्ति जम्मा गरिदिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर