newskoseli.Com

महानगरका वडा अध्यक्षमाथि आफ्नै कार्यकर्ताको मुक्का !

हालैका दिनहरूमा देशका विभिन्न स्थानहरूमा ‘जनप्रतिनिधि’ ले जनता र आफ्नै कार्यकर्ताबाट पिटाइ खाएका खबरहरु आउन थालेका छन् । आइतबार पोखरा महानगरपालिका– २१ का वडाअध्यक्ष खगराज आचार्यमाथि आफ्नै कार्यकर्ताले मुक्का बजारेको खबर छ ।

आइतबार साँझ राष्ट्रबैंक चोकस्थित जुस पसलमा बसिरहेका बेला कृस्ती–निर्मलपोखरी–भरतपोखरी सहलगानी खानेपानी आयोजनाका अध्यक्ष दाताराम आचार्यले वडाध्यक्ष आचार्यमाथि मुक्का प्रहार गरेका हुन् । मुक्का प्रहारपछि वडा प्रहरी कार्यालय बैदामले दातारामलाई आइतबार साँझ नै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूबीच ‘आन्तरिक विवादका कारण झगडा परेको’ कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर