newskoseli.Com

छोरामाथि पेट्रोल छर्केर चक्कु हान्दै मार्न खोज्ने बाबु पक्राउ

विदुर नगरपालिका– २, बट्टार, नुवाकोटमा आफ्नै छोरालाई चक्कु प्रहार गरी ज्यान लिन खोज्ने बाबु पक्राउ परेका छन् ।

मंगलबार बिहान १० बजे सोही ठाउँका ५० वर्षीय इद्री मियाले २७ वर्षीय छोरा समिर खानलाई सामान्य घरायसी विवादका कारण चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिएका छन् । फुयाँलका अनुसार घाइते समिरलाई इद्रीले शरीरमा पेट्रोल छर्केपछि दाहिने पेट र दाहिने हातमा चक्कु प्रहार गरी घाइते बनाएका थिए ।

घाइते समिरलाई स्थानीय मेडिकलमा उपचार गरी थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । चक्कु प्रहार गर्ने इद्रीलाई नियन्त्रणमा लिई प्रहरीले घटनाको अनुसन्धान गरिरहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर