newskoseli.Com

‘२ पत्रकार र १ महिलाका कारण मर्दैछु’ भन्दै रेकर्ड २ भिडियो भेटिए : रहस्यमय बन्दै पत्रकार पुडासैनीको मृत्यु

पत्रकार शालिकराम पुडासैनीको मृत्यु ‘आत्महत्या दुरुत्साहन’ बाट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका २ वटा करिव ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेका छन् । सोही आधारमा अनुसन्धान भइरहेको जानकारी मल्लले दिए ।

उनका अनुसार पुडासैनीको साथबाट डिप्रेसनको औषधि समेत फेला परेको छ । केही समययता उनले औषधि समेत प्रयोग गर्दै आएको देखिएको छ । भिडियो हेरेका नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका– ३ का वडा सदस्य एवं मृतकका छिमेकी दीपक पुडासैनीका अनुसार भिडियोमा २ जना सञ्चारकर्मी र एक महिलाका कारण आफूले आत्महत्या गर्न लागेको जनाइएको छ ।

भिडियोमा आफू मर्नुको कारण जनाउँदै पुडासैनीले श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको भिडियो हेरेका ती छिमेकीले बताए । प्रहरीले सोही भिडियोका आधारमा अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ ।

भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिए तापनि भिडियो हेरेपछि आत्महत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर काठमाडौं लगेको उनले बताए । बुधबार अन्त्येष्टिसँगै कानुनी परामर्श गरेर अघि बढ्ने मृतकका दाजु समेत पर्ने पुडासैनीले बताए ।

घटनाको सूक्ष्म अध्ययन भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण खुलाउन चाहेको छैन । अनुसन्धान प्रभावित हुने भएकाले सबै कुरा भन्न नमिल्ले प्रहरी प्रमुख मल्लले बताए । पुडासैनीको शव मंगलबार राति काठमाडौं ल्याइएको हो । उनी सोमबार चितवनको नारायणगढस्थित ‘होटल कङ्गारु’ मा झुन्डिएर मृत अवस्थामा भेटिएका थिए । दुई महिनाअघिसम्म ‘न्युज– २४’ टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि भने ‘माउन्टेन टेलिभिजन’ का कार्यरत थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर