newskoseli.Com

‘नाकाबन्दीकी नायिका’ सुष्मा स्वराजको निधन : प्रधानमन्त्री स्तब्ध, परराष्ट्रमन्त्रीले भने– ‘प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्व’

२०७२ वैशाख १२ र २९ मा आएका विनाशकारी भूकम्पले थिलोथिलो भएका नेपाल र नेपाली जनतामाथि अपराधपूर्ण भारतीय नाकाबन्दी थाेपर्ने हर्कतमा निर्णायक भूमिका खेलेकी र नेपाली जनताका तर्फबाट ‘नाकाबन्दीकी नायिका’ काे उपमा पाएकी तत्कालीन भारतीय विदेशमन्त्री ६७ वर्षीया सुष्मा स्वराजको मंगलबार राति अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा निधन भएको छ ।

स्वराजको निधनप्रति नेपालका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अरु विभिन्न उच्चपदस्थ अधिकारीहरुले दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतकी वरिष्ठ नेतृ तथा पूर्वविदेशमन्त्री सुष्मा स्वराजको असामयिक निधन भएको खबरले आफू स्तब्ध भएको बताएका छन् । सिङ्गापुरमा स्वास्थ्योपचार गराइरहेका प्रधानमन्त्री ओलीले ‘ट्विट’ गर्दै भारत सरकार र त्यहाँका जनताका साथै शोकाकूल परिवारजनमा गहिरो सहानुभूति एवं समवेदना व्यक्त गरेका छन् ।

त्यसैगरी, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि भारतकी पूर्वबाह्यमामिला मन्त्री स्वराजको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले दिवङ्गत नेतृलाई ‘प्रतिबद्धता र दृष्टिकोणयुक्त व्यक्तित्व’ का रुपमा चित्रण गर्दै नेपाल–भारत सम्बन्ध विस्तारमा उनले निर्वाह गरेको भूमिकाको स्मरण गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर