newskoseli.Com

इन्टरनेट कम्पनी ‘सुविसु’ मा भीषण आगलागी, निकै बेरपछि बल्ल नियन्त्रणमा

राजधानीको बालुवाटारस्थित नेपालको एक चर्चित इन्टरनेट सेवा प्रदायक कम्पनी ‘सुविसु’ को कार्यालयमा बुधबार दिउँसो लागेको आगो निकै बेरपछि नियन्त्रणमा आयो । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र काठमाडौं, भक्तपुर तथा ललितपुरका वारूणयन्त्रहरू परिचालन गरिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जेनरेटर सञ्चालनमा लागि आवश्यक पर्ने इन्धन भण्डारण गरिएको कोठाबाट आगलागी सुरु भएको थियो । आगो निभाउन नेपाल प्रहरी, नेपाली सेनालगायतको दमकल प्रयोग गरिए पनि पेट्रोल–डिजेलबाट लागेको आगो पानी हालेर निभाउन निकै हम्मे परेको थियो । आगो निभाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत दमकल बोलाइएको डीएसपी बोगटीले बताए ।

आगो नियन्त्रणमा नआउँदासम्म बालुवाटार क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाइयो । ‘सुविसु’ को मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी सुरू भएको थियो । आगलागीपछि सुविसुका इन्टरनेट तथा केबल टिभी सेवा अवरुद्ध भएका छन् । जेनरेटर नजिकै डिजेल स्टक रहेको र त्यस नजिकै विद्युत लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर