newskoseli.Com

वैद्य माओवादीले कब्जा गर्‍यो दलालले हड्पेकाे सुकुम्बासी शिविर, फेरि सुकुम्बासीलाई नै बसाइने

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले कैलालीको हरैयास्थित सुकम्बासी शिविर कब्जा गरेको छ । दसवर्षे जनयुद्धका क्रममा तत्कालीन माओवादीको पहलमा बसाइएका सुकुम्बासीलाई हटाएर जमिनदार–सुदखोरहरुलाई बसाइएको शिविर बुधबार क्रान्तिकारी माओवादीले कब्जा गरेको हो ।

क्रान्तिकारी माओवादीका जिल्ला अध्यक्ष रामबहादुर केसी नेतृत्वको टोलीले शिविरमा पार्टीको झन्डा गाड्दै कब्जाको घोषणा गरेको जानकारी अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशव साउदले दिएका छन् । शिविरको जमिनमा पुरानै सुकुम्बासी परिवारलाई बसाउने पार्टीको योजना रहेको उनले बताएका छन् ।

‘जग्गा बिक्री भयो’ भन्दै जनयुद्धरत तत्कालीन नेकपा (माओवादी) ले हरैया शिविरमा आश्रय दिएका सुकुम्बासी परिवारलाई सरकारले केही साताअघि बल प्रयोग गरेर हटाएको थियो । शिविरबाट हटाइएका सुकुम्बासीलाई धनगढी उपमहानगरपालिका– १७ धुरझन्नामा राखिएको थियो । धुरझन्नामा न्यूनतम मानवोचित व्यवस्थापन समेत नभएपछि केही सुकुम्बासी परिवार फेरि हरैया शिविरमै फर्किएका थिए ।

तत्कालीन माओवादीले २०६१ मा सुकुम्बासीलाई उपलब्ध गराएको सो जमिन पोखरास्थित ‘सौभाग्य रियलस्टेट एन्ड हाउजिङ प्रा.लि.’ नामक जग्गा दलाल कम्पनीले खरिद गरेको भन्दै कब्जा जमाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर