newskoseli.Com

बुद्धमूर्ति ५ वर्षदेखि प्रहरी कार्यालयमै प्रतिस्थापन !

वि.सं. २०७१ मा सुर्खेतका बौद्ध धर्मावलम्बीहरु बुद्धजयन्तीको अवसरमा बुद्धमूर्ति प्रतिस्थापना गर्ने योजनामा थिए । काँक्रेबिहारलाई संरक्षित क्षेत्रका रुपमा संरक्षण गर्दै आएका हिन्दू समुदाय बौद्ध विशेषको सम्पदा गराउन तयार भएनन् ।

पुरातत्त्व विभागले पुनर्निर्माणको योजना सञ्चालन गरिरहेका बेला बुद्धमूर्ति प्रतिस्थापन गर्नु नहुने हिन्दू समुदायको तर्क रह्यो । उता, बौद्ध धर्मावलम्बीले काँक्रेबिहार क्षेत्रमा छरिएका मूर्तिहरु, बिहार शैलीका अवशेषले बुद्ध विशेषकै सम्पदा भएको जिकिर गर्न थाले । विवादले उग्र रुप लिन थाल्यो । बुद्ध प्रतिमाले गर्दा दुई समुदायबीच आपसी मनमुटावको बिजारोपण हुन पुग्यो ।

हिन्दू–बौद्ध तनाव बढ्न नदिन स्थानीय प्रशासनले सहमति नहुन्जेलसम्मका लागि बुद्धमूर्ति जिल्ला प्रहरी कार्यालयकै हाताभित्र राख्ने निर्णय गयो । काँक्रेबिहार क्षेत्रमा प्रतिस्थापन हुनुपर्ने बुद्धको ठूलो प्रतिमा ५ वर्षदेखि प्रहरी परिसरमा राखिएको छ । त्यसयता वर्सेनि बुद्धजयन्तीमा यहाँका बौद्ध धर्मावलम्बीहरु प्रहरी हाताभित्रै पुगेर पूजापाठ गर्दै आएका छन् । काँक्रेबिहारको पहिचानलाई लिएर यहाँका हिन्दू र बौद्ध समुदाय विभाजित रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर