newskoseli.Com

सांस्कृतिक योद्धा थपलिया पनि राजधानीबाटै गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि ‘प्रतिबन्ध’ लगाएर सो पार्टीका नेता–कार्यकर्ता एवं उक्त पार्टीप्रति सदभाव–सहानुभूति राख्ने सबै जनसंगठनका नेता–कार्यकर्ता समेतलाई भेट्नासाथ गिरफ्तार गर्दै आएको सरकारले शनिबार राजधानीबाट सांस्कृतिक योद्धा खेम थपलियालाई गिरफ्तार गरेको छ ।

दुई साताअघि राजधानीबाटै अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष एवं चर्चित जनसंस्कृतिकर्मी माइला लामालाई गिरफ्तार गरेको सरकारले राजधानीबाटै फेरि सोही संगठनका महासचिव थपलियालाई गिरफ्तार गरेको हो । दर्जनौं प्रगतिशील एवं क्रान्तिकारी पुस्तकका लेखक थपलिया प्रगतिशील लेखक संघ (प्रलेस) का निवर्तमान महासचिव समेत हुन् । उनी चर्चित नाटककार एवं पत्रकार पनि हुन् । थपलियालाई  बागबजारस्थित ‘प्रगतिशील लेखक सङ्घ’ को कार्यालसँगै रहेको उनीसम्बद्ध ‘जलजला’ पत्रिकाको कार्यालयबाट पक्राउ गरिएको हाे ।

‘हत्या–हिंसा र विष्फोट’ का कुनै पनि ‘वारदात’ हरुमा संलग्नताका कुनै उजुरी वा प्रमाणविना नै केवल राजनीतिक सिद्धान्तप्रति आस्था राखेकै आधारमा राजधानीबाट दिनदहाडै कलमजीवी लेखक एवं संस्कृतिकर्मीहरुलाई धमाधम पक्राउ गरिएकामा आम लेखक–साहित्यकार तथा पत्रकारहरुले विरोध गरेका छन् ।

मार्क्सवादी साहित्यकारहरू डा. ऋषिराज बराल, रोशन जनकपुरी, मोदनाथ मरहट्टा र पत्रकारहरू केदारनाथ गाैतम, दीपेन्द्र रावल, सूर्य बराललगायतले उनलाई विनाशर्त तत्काल रिहाइ गर्न माग गरेका छन् । थपलियाको गिरफ्तारीलगत्तै सत्ताधारी नेकपाकै चर्चित युवानेता एवं साहित्यकार सरल सहयात्रीले सामाजिक सञ्जाल ‘फेसबुक’ मा ‘स्ट्याटस’ लेख्दै यसरी विरोध प्रकट गरेका छन्–

पढ्नोस् खेम थपलियाको चर्चित यो आलेख–
आईफा अर्थात् भारतीय सांस्कृतिक साम्राज्यवाद

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर