नेपाली सेनाका एक मेजर लागूऔषध ‘ब्राउनसुगर’ सहित इटहरीमा पक्राउ परेका छन् । इटहरीमा कार्यरत मेजरसहित अर्का एक जना पक्राउ परेको लागूऔषध नियन्त्रण ब्युरोका एसएसपी वसन्त लामाले बताएका छन् ।
पक्राउ परेका सेनाका मेजर अजितप्रताप सिंहसहित दुवैलाई सुनसरी प्रहरीको जिम्मा लगाइएको लामाले बताए । उनीहरूको साथबाट डेड ग्राम ‘ब्राउनसुगर’ बरामद भएको छ । पक्राउ परेका व्यक्ति स्वयं नै ‘ब्राउनसुगर’ सेवनकर्ता हुन् वा अन्य प्रयोजनका लागि बोकेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।