
एक युवतीलाई जबरजस्ती विष सेवन गराएको आरोपमा प्रहरीले एक पशुसेवा प्राविधिकलाई पक्राउ गरेको छ ।
आठबीसकोट नगरपालिकाको गोतामकोटमा कार्यरत पशुसेवा प्राविधिक विष्णु खड्का पक्राउ परेको प्रहरी निरीक्षक अच्युतराज आचार्यले जानकारी दिए ।
खड्काले स्थानीय एक युवतीलाई आइतबार जबरजस्ती विष सेवन गराएको आरोप छ । चौरजहारी अस्पतालमा उनको उपचार भइरहेको छ । ती युवतीले दिएको उजुरीका आधारमा खड्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक आचार्यले बताए । युवतीको अवस्था खतरामुक्त रहेको खबर राससले प्रेषित गरेको छ ।