newskoseli.Com

एमबीएसको ‘क्वेस्चन आउट’ गर्ने ५ पक्राउ

एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार पारिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका– १२ का २१ वर्षीय सोनुकुमार साह, वडा नं. ४ का ३१ वर्षीय लीलाराज शिवमन्त्री, वडा नं. १२ का २२ वर्षीय लालबाबु मण्डल, सोही वडाका २४ वर्षीय सुजीतकुमार मण्डल र ईश्वरपुर नगरपालिका– ७, सर्लाहीका २० वर्षीय अविनाश महतो रहेका छन् ।

लालबाबु मण्डलले सञ्चालन गरेको ‘इमेज स्टुडियो’ मा प्रश्नपत्रको उत्तर तयार पारिएको पानाको फोटोकपी गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएका विशेष प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरिएकाहरूमाथि सार्वजनिक शान्तिविरूद्धको मुद्दा शीर्षकमा म्याद थप गरी अनुसन्धान भइरहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर