newskoseli.Com

सत्ताधारी नेकपाको सचिवालय बैठक बुधबार : केन्द्रीय विभागहरु र कार्यविभाजन टुंग्याइँदै

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारका लागि सारिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिङ्गापुरबाट उपचार गरेर फर्केलगतै बैठक बस्ने भनिए पनि तयारी नपुगेकाले सारिएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार सचिवालयको बैठक बुधबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । यसअघि साउन १३ को बैठकमा केन्द्रीय विभागहरुको गठन र केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनबारे भएको छलफलमा केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताबारे सल्लाह गर्न र व्यवस्थित तथा परिमार्जित प्रस्ताव ल्याउन सचिवालय सदस्यलाई निर्देशन दिइएको थियो ।

नेकपामा स्कुल विभागको नेतृत्व कसलाई दिने भन्नेबारे विवाद हुँदै आएको छ । उक्त विभागको नेतृत्वमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य झलनाथ खनाल र ईश्वर पोखरेल तथा स्थायी कमिटीका सदस्यद्वय घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दावी रहँदै आएको छ ।

अन्य विभागको नेतृत्वबारे टुङ्गो लागे पनि स्कुल विभागको नेतृत्वबारे कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक–पटक सर्दै आएको छ । पार्टी एकता भएको एक वर्ष पूरा भए पनि अझै एकता प्रक्रिया पूरा हुन सकेको छैन । अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र जनवर्गीय सङ्गठनका कमिटीहरुलाई पूर्णता दिन बाँकी नै छ । यसैगरी, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोगहरु, ज्येष्ठ कम्युनिस्ट मञ्च र केन्द्रीय विभागहरु गठनको काम समेत पूरा हुन सकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर