newskoseli.Com

मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले मन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश जारी गरेको हो ।

मन्त्री खत्रीसहित पाँच जनाले १ करोड १० लाख ८० हजार रुपैयाँको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न सो अदालतको वाणिज्य इजलासले आदेश दिएको हो । उनीहरुले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको देखिएको ठहर भएको खबर राससले प्रेषित गरेकोछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर