
जङ्गली च्याउ खाँदा आमाको मृत्यु भएको छ भने छोरो सिकिस्त बिरामी भएका छन् । बारेकोट गाउँपालिका– ८ की ५० वर्षीया मनमाया कुमाईंको जङ्गली च्याउ खाँदा मृत्यु भएको हो ।
उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सुर्खेतको मेहलकुनामा उनको मृत्यु भएको हो । च्याउ खाँदा उनका १४ वर्षीय छोरा युवराज सिकिस्त बिरामी भएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।