newskoseli.Com

फेरि सर्‍यो नेकपाको सचिवालय बैठक : अब केमा मिलेन कुरा ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज (बुधबार) बस्ने भनिएको सचिवालय बैठक फेरि स्थगन भएको छ । विवादित विषयमा सहमति जुट्न नसक्दा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक स्थगन भएको हो ।

यसअघि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर आएपछि मङ्गलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो । सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठक बिहीबार अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्ने भएको छ ।

नेकपामा स्कुल विभागको नेतृत्व कसले गर्ने भन्नेमा टुङ्गो लगाउन नसक्दा बैठक पटक–पटक सारिँदै आएको छ । सो विभागको नेतृत्वमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य खनाल र ईश्वर पोखरेल तथा स्थायी कमिटीका सदस्यद्वय घनश्याम भुसाल र वेदुराम भुसालले समेत दावी गरिरहेका छन् ।यसअघि साउन १३ मा केहीबेर बसेर विषयप्रवेश नै नभई स्थगत भएको बैठक त्यसयता बस्न सकेको छैन ।

पार्टी एकता सम्पन्न भएको तीन महिनाभित्र सम्पूर्ण तहको एकता गरिसक्ने बताइएको थियो । तर, झन्डै डेढ वर्ष बितिसक्दा अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनका कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठन लगायतका काम पूरा हुन सकेका छैनन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर