newskoseli.Com

साहित्यकार मदनमणि दीक्षितको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त (‘ट्विट’ सहित)

पुराना साहित्‍यकार मदनमणि दीक्षितको निधन भएको छ । साहित्यकार दीक्षितको राजधानीको कालिकास्थानस्थित निवासमै बिहीबार बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

पत्रकार समेत रहेका कनकमणि दीक्षितले साहित्यकार मदनमणिको निधन भएको कुरा अंग्रेजीमा ‘ट्विट’ गर्दै अन्तिम श्रद्धाञ्जलीका लागि कालिकास्थानस्थित घरमा राखिने उल्लेख गरेका छन् । निमोनियाले पीडित भएर सुमेरु अस्पताल भर्ना गरिएका दीक्षितलाई स्वास्थ्यमा सुधार आएपछि घर ल्याइएको थियो ।

उनको अन्त्येष्टि बिहीबारै गरिने पारिवारिक स्रोतले जनाएको छ । लामो समय पत्रकारिता गरेका मदनमणि उपन्यास, कथा आदि विधाका लेखनमा चर्चित रहे । ‘माधवी’ कृतिका लागि उनले २०३९ मा ‘मदन पुरस्कार’ पाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार दीक्षितको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले नेपाली बाङमय क्षेत्रमा दीक्षितका योगदानको स्मरण सदा भइरहने उल्लेख गरेका छन् ।

‘वरिष्ठ साहित्यसाधक, प्राच्य साहित्य दर्शनका ज्ञाता मदनमणि दीक्षितको निधनको खबरले मर्माहत भएको छु । नेपाली बाङय क्षेत्रले उहाँका योगदानलाई सदा स्मरण गर्नेछ,’ प्रधानमन्त्री ओलीले ‘ट्विट’ गर्दै भनेका छन्– ‘स्वर्गीय दीक्षितप्रति भावपूर्ण श्रद्धञ्जलि अर्पण गर्दै शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

(तस्बिरहरूः कनकमणि दीक्षितकाे ट्विटरबाट)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर