newskoseli.Com

करेन्ट लागेर कन्डक्टरको मृत्यु

निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ को निर्माण सामग्री भर्ने क्रममा बिहीबार करेन्ट लागेर नुवाकोटको किस्पाङ गाउँपालिका– ५ मा एक सहचालक (कन्डक्टर) को मृत्यु भएको छ । कालिका गाउँपालिका– २, रसुवाका विक्रम थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख अभिनारायण काफ्लेका अनुसार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा ट्रिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर १९ वर्षका थिङ सख्त घाइते भएका थिए । उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

बा ४ ख ८७१८ नम्बरको टि«परका सहचालक उनको मृत्यु भएपछि सो गाडीका चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णुबहादुर सहचालकका आफ्नै काका भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर