newskoseli.Com

घर र गाडीमा बम विस्फोट, प्रमुख सचेतक ढकाल अस्पतालमा

प्रदेशसभा– ५ मा सत्ताधारी नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विष्फोट भएको छ । सैनामैना– ७, रामापुर, रुपन्देहीमा रहेको उनको घरमा ३ वटा पेट्रोल बम प्रहार भएका छन् ।

बिहीबार राति करिव २ बजेतिर बम प्रहार भएको बताइएको छ । अनुसार सचेतक ढकाल सुत्ने कोठा, उनका बुबा–आमा सुत्ने कोठा र उनले प्रयोग गर्ने लु १ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीका प्रहरी निरीक्षक रवि मैनालीले जनाएका छन् ।

शुक्रबार बिहान घटनास्थल पुगेको प्रहरी टोलीले बम कसले प्रहार गर्‍यो भन्ने यकिन गर्न नसकेको बताएको छ । सचेतक ढकाल चार दिनदेखि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचाररत छन् । ‘म काठमाडौंमा उपचार गर्दै छु, घरमै छ भनेर बम हानिएको रहेछ’– सचेतक ढकालको भनाइ उद्धृत गर्दै समाचार प्रवाहित भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर