newskoseli.Com

भौतिक पूर्वाधार विकासमन्त्री बर्खास्त

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री बर्खास्त भएका छन् । उनलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार पदमुक्त गरेका हुन् ।

निर्माण व्यवसायी (ठेकेदार) समेत रहेका मन्त्री खत्री पछिल्लो समय नक्कली बैंक ग्यारेन्टी बनाएको अभियोगमा मुछिएका छन् । पाटन उच्च अदालतले उनलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन मंगलबार आदेश दिएको थियो । संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम उनलाई पदमुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

बैंकिङ कसुरजस्तो गम्भीर अभियोगमा मन्त्री मुछिएकाले न्यायनिरूपणका निम्ति अदालतलाई सहज होस् भनेर खत्रीलाई पदमुक्त गरेको मुख्यमन्त्रीसम्बद्ध स्रोतले जनाएको छ । बिहीबारै मुख्यमन्त्रीले पदमुक्तको निर्णय प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी गराइसकेका छन् । उक्त मन्त्रालयको जिम्मेवारी हाललाई मुख्यमन्त्री आफैंले राखेका छन् ।

मन्त्री खत्रीसहितको टोलीले १ करोड १० लाख रुपैयाँभन्दा बढीको नक्कली बैंक ग्यारेन्टीपत्र बनाएको मुद्दा अदालतमा चलिरहेको छ । उनी संलग्न केएसके कन्स्ट्रक्सन कम्पनीले अहिले पनि उनकै नेतृत्वको मन्त्रालय मातहतका निकायका ठेक्कापट्टाको काम गरिरहेको छ । उनी सुर्खेत– १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर