newskoseli.Com

नेकपाले टुंग्यायो कार्यविभाजन : स्कुलिङमा पोखरेल, संगठनमा गौतम, प्रचारमा नारायणकाजी

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३३ वटा केन्द्रीय विभागको नेतृत्व टुंग्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ११ बजेदेखि बसेको सचिवालयको बैठकले विभागहरुको नेतृत्व टुंग्याएको हो ।

नेताहरुबीच तानातानको विषय बन्दै आएको स्कुलिङ विभागको प्रमुख ईश्वर पोखरेल नै बनेका छन् । संगठन विभाग प्रमुखको जिम्मेवारी वामदेव गौतमले र विदेश विभाग प्रमुखको नेतृत्व माधवकुमार नेपालले पाएका छन् । नारायणकाजी श्रेष्ठले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् र वरिष्ठ नेता झलनाथ खनालले नीति–अध्ययन प्रतिष्ठान प्रमुखको जिम्मेवारी पाएका छन् ।

बैठकले प्रदेशको सहइन्चार्जमा मा २–२ जना थप्ने निर्णय समेत गरेको छ । प्रदेश– १ मा शेरधन राई र नरेश कँडेल, प्रदेश– २ मा नागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश– ३ मा हितमान शाक्य र काशिनाथ अधिकारीलाई सहइन्चार्ज बनाइएको छ ।

प्रदेश– ४ मा किरण गुरुङ र यशोदा सुवेदी (गुरुङ), प्रदेश– ५ मा बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला तथा सुदूरपश्चिम प्रदेशमा भानुभक्त जैसी र प्रकाश भट्टलाई सहइन्चार्ज बनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर