newskoseli.Com

स्कार्पियो दुर्घटनामा पत्रकारको मृत्यु, चालक र जनप्रतिनिधिहरुसहित ४ घाइते

लगानी सम्मेलनका सहभागी बोकेर रुपन्देहीबाट विराटनगर जाँदै गरेको पिकअप स्कारिपियो अनियन्त्रित भई दुर्घटना हुँदा शनिबार एक पत्रकारको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका– ११, बक्साहा, सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गमा बा १६ प २२३५ नम्बरको स्कारपियो दुर्घटना हुँदा रेडियो नेपालका रुपन्देही जिल्ला संवाददाता एवं बुटवल टुडे समेतका संवाददाता रहेका ४२ वर्षीय डायल्सन अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताएका छन् ।

प्रहरीका अनुसार गुडिरहेको अर्को गाडीलाई उछिन्ने (ओभरटेक गर्ने) क्रममा अनियन्त्रित भई पार्किङ गरी राखिएको स ११ प ४६२९ नम्बरको स्कुटीमा ठक्कर लागेपछि स्कारपियो पल्टिएको हो । सुमो मोटरमा सवार रुपन्देही उद्योग वाणिज्य सङ्घका अध्यक्ष ५२ वर्षीय झविन्द्रप्रसाद कँडेल (जेपी कँडेल), तिलोत्तमा नगरपालिका– १ का वडाध्यक्ष ४६ वर्षीय रामनाथ पाण्डे, वडा नम्बर ५ का वडा अध्यक्ष ४६ वर्षीय सोहन चौधरी थारू र चालक सियारी गाउँपालिका– ५, रुपन्देहीका ३६ वर्षीय अशोक भण्डारी घाइते भएका छन् ।

कँडेलको बायाँ हात र अनुहारमा, पाण्डेको टाउकामा, थारुको टाउको र अनुहारमा तथा चालक भण्डारीको अनुहारमा चोट लागेको छ । घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मिश्रले बताएका छन् । घाइतेमध्ये चालक भण्डारीको अवस्था गम्भीर रहेको उनले बताए । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर