newskoseli.Com

काठमाडौंमा ‘मार्क्सवाद र एशियाली दर्शन’ सम्मेलन : १० देशका प्रतिनिधिकाे सहभागिता, २८ कार्यपत्र प्रस्तुत हुने

‘मार्क्सवाद र एशियाली दर्शन’ विषयक दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन राजधानीमा हुने भएको छ । दुईदिने सो सम्मेलनमा १० देशका ३ सयभन्दा बढीले सहभागिता जनाउने भएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र मार्क्सीय गुरुकुलको आयोजनामा भदौ २ र ३ मा सम्मेलन आयोजना हुँदैछ ।

सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, बेलायत, थाइल्याण्ड, दक्षिण कोरियालगायत देशका प्रतिनिधि सहभागी हुने आयोजक समितिका सदस्य सचिव डा. प्रेमराज न्यौपानेले जानकारी दिएका छन् । सम्मेलनमा पूर्वीय सोच र मार्क्सवाद, कर्मकाण्डमा मार्क्सवाद, वेदान्त र मार्क्सवाद, बौद्ध दर्शन र मार्क्सवादी दर्शन, साङ्ख्य दर्शन र मार्क्सवाद, मार्क्सवाद र एशियाली दर्शनको अध्ययन पद्धति, कला–साहित्यलाई हेर्ने मार्क्सवादी दृष्टिकोण, मारक्सवाद र नेपाली साहित्य, मार्क्सवाद र बुद्ध दर्शनका समदृष्टिकोण, दर्शन विश्वदर्शन, मार्क्सवाद र एशिया अनुभव, वैदिक साहित्यमा मार्क्सवादी धारणालगायत २८ विषयका कार्यपत्र सम्बन्धित क्षेत्रका विज्ञले प्रस्तुत गर्नेछन् ।

सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ । सम्मेलनको अन्त्यमा काठमाडौं घोषणापत्र समेत जारी गरिने छ । यस विषयमा पहिलो पटक सम्मेलन आयोजना गर्न लागिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर