newskoseli.Com

आत्महत्या गरेका शालिकरामकी श्रीमतीद्वारा रवि लामिछानेसहित ३ विरुद्द किटानी जाहेरी (भिडियाेसहित)

केही दिनअघि आत्महत्या गरेका नुवाकोटका पत्रकार शालिकरामकी श्रीमती सम्झना पुडासैनीले टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध आइतबार जाहेरी दिएकी छन् ।

‘आत्महत्या दुरुत्साहन’ मा लामिछाने, कँडेल र कार्कीविरूद्ध हदैसम्मको कारबाहीको माग गर्दै सम्झनाले महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् । जाहेरी रुजुपछि जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

लामिछानेसहित तीनै जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ । पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियोमा लामिछाने, कँडेल र कार्कीकै कारण आफू आत्महत्या गर्न बाध्य भएको कुरा सविस्तार चर्चा गरेका छन् ।

यस्तो छ शालिकराम पुडासैनीको भिडियो–बयान

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर