newskoseli.Com

आत्महत्या गरेका पुडासैनीले ‘झुन्डिन’ डोरी किनेको पसल फेला पर्‍यो

केहीअघि आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल फेला परेको छ । क्लोज सर्किट टेलिभिजन क्यामरा (सीसीटीभी) मा रेकर्ड भएको भिडियो फुटेजको सहायताले पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि डोरी किनेको पसल पत्ता लागेको हो ।

पुडासैनीले नारायणगढ बसपार्कस्थित एक पसलबाट डोरी किनेको दृश्य सीसीटीभी क्यामेराले रेकर्ड गरेको फुटेजमा पाइएको हो । चितवनस्थित श्रेष्ठ पसलबाट पुडासैनीले डोरी किनेको भिडियो प्रहरीले फेला पारेको छ ।

पाँच मिटर लामो डोरी नापेर पसलमा काम गर्नेले पुडासैनीलाई दिएको दृश्य भिडियोमा भेटिएको छ । सीसीटीभीमा रेकर्ड सो भिडियो अनुसन्धानका लागि लिइएको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर