newskoseli.Com

प्रदेश– ३ मा सवारी साधन अनुमतिपत्रको आवेदन खुल्दै

प्रदेश– ३ को यातायात व्यवस्था सेवा कार्यालय हेटौंडाले सवारी साधन अनुमतिपत्रका लागि आवेदन खुला गर्ने भएको छ । सो अनलाइन आवेदन असोज अन्तिम साता खुला गर्ने तयारी गरिएको छ ।

हाल आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको सो कार्यालयले जनाएको छ । प्रदेश– ३ अन्तर्गत रहेको चितवनका २ हजार ५ सय मोटरसाइकल साविकको नारायणी अञ्चलमा दर्ता रहेकालाई खारेज गरी हाल प्रदेश– ३ को कोड नम्बरसहित दर्ता गरिएको प्रदेश यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख पोषण थापाले बताए ।

सो कार्यालयमा दैनिक ३५ देखि ४० सवारी साधनको अनुमतिपत्र नवीकरणका लागि आवेदन आउने गरेको तथ्याङ्कमा छ । सो कार्यालयले आ.व. २०७५–७६ मा २६ करोड ११ लाख ४८ हजार राजश्व असुली गरेको थियो । सवारी साधन अनुमतिपत्रको ‘स्माट कार्ड’ काठमाडौंमा छापिने व्यवस्था भएकाले अब यातायात ऐन संशोधन भएपछि हेटौंडास्थित प्रदेश यातायात कार्यालयबाटै सो कार्य गरिने जानकारी पनि थापाले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर