newskoseli.Com

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सिनो हाइड्रोलाई, होला त पुरा ?

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने कामको जिम्मा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई दिइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले बुधबार कम्पनीलाई ठेक्का स्वीकार गरिएको पत्र पठाउने निर्णय गरेको समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले जानकारी दिए ।

 

कार्यकारी निर्देशक कँडेलले भने, ‘आशय सूचना सकियो भोलि हामी बैठक बस्छौँ र ठेक्का एसेप्ट गरेको पत्र दिन्छौँ, चिनियाँ कम्पनी सिनो हाइड्रोलाई ठेक्का दिइने पक्कापक्की जस्तै भएको छ ।

उनका अनुसार समितिले अनुमान गरेभन्दा करिब १५ प्रतिशत अर्थात ४५ प्रतिशत देखि ५० करोड रुपैयाँ कममा सिनो डाइड्रोले बोलपत्र पेस गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर