newskoseli.Com

रवि लामिछानेकी श्रीमतीद्वारा ‘जनआस्था’ र ‘नेपाल आज’ का सम्पादक तथा प्रहरी अधिकारीविरूद्ध जाहेरी, तर दर्ता भएन

आत्महत्या गरेका पत्रकार शालिकराम सुवेदीलाई ‘आत्महत्या दुरुत्साहन’ गरेको आरोपमा प्रहरी हिरासतमा राखी अनुसन्धान भैरहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेकी श्रीमती निकिता पाैडेलले दुई सञ्चारकर्मी र एक प्रहरी अधिकृतविरुद्ध जाहेरी दर्ता गराउने प्रयास गरेकी छन् ।

शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको भन्दै  निकिताले जनआस्था साप्ताहिकका सम्पादक एवं प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल आज नामक अनलाइनका सम्पादक संकेत कोइराला र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लविरुद्ध  जाहेरी दर्ता गराउने प्रयास गरेकी हुन् । मुलुकी अपराध संहिता, २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न निवेदन बोकेर बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेकी निकिताको निवेदन कार्यालय प्रमुख र उपप्रमुख नभेटिएकाले दर्ता हुन नसकेको जानकारी निकिता पौडेलका अधिवक्ता राजेन्द्र सेढाईंले दिए ।

चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा झुन्डिएको अवस्थामा साउन २० मा मृत फेला परेका पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा प्रहरीले बिहीबार रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर